Logo

अजय देवगनले किने आलिसान घर, मूल्य कति ?



बलिउडका अभिनेता अजय देवगनले आलिसान नयाँ घर खरिद गरेका छन् । उनले जुहूमा भारतीय ६० करोड रुपैयाँमा घर खरिद गरेका हुन् ।

अजय देवगनको नयाँ प्रोपर्टी करीब ५३१० वर्गफिटमा फैलिएको छ । एक अंग्रेजी न्यूज वेबसाइटसँग कुराकानी गर्दै अजयका प्रवक्ताले जुहूमा अभिनेता देवगनले नयाँ घर किनेको पुष्टि गरेका हुन् । 

अजयले एक वर्षदेखि नयाँ घरको खोजीमा रहेको बताएका थिए । हाल बसिरहेको घरको रेनोभेसनको काम एक कम्पनीलाई दिएकाले उनी नयाँ घरमा सिफ्ट हुन चाहेका हुन् ।

पछिल्लो पटक फिल्म ‘तान्हाजी’ मा देखिएका उनको ‘सूर्यवंशी, गंगूबाई काठियावाडी, आरआरआर, मैदान, भुज स् द प्राइड अफ इन्यिा, थ्यांक गड र मे डे’ फिल्मको प्रदर्शनको तयारीमा रहेका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १७:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।