Logo

राजनीति

प्रधानमन्त्रीमाथि खनिए कांग्रेस प्रवक्ता शर्मा : समस्या कालो कोटमा होइन प्रधानमन्त्रीज्यू, कालो सोचमा छ



प्रधानमन्त्री केपी ओलीले पूर्वन्यायाधीश र कानुन व्यवसायीलाई ‘पूर्वन्यायमूर्तिहरू राज्यको पेन्सन खाएर न्यायालयको हुर्मत लिँदै छन्’ भनेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कडा जवाफ फर्काएका छन्।

प्रधानमन्त्री ओलीले सोमबार युवा संघको कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै भनेका थिए, ‘कालोकोट लगाएका व्यक्तिहरूले अदालतको गरिमा ख्याल गरेनन् केही कालोकोट लगाएका व्यक्तिहरू अदालतको मानसम्मान, न्यायाधीशहरूको मानसम्मान–गरिमा किञ्चित ख्याल नराख्ने ! कस्तो न्यायिक सिस्टम हामी तय गर्दै छौँ रु अब वकिलहरूले न्यायाधीश तय गर्ने ?उनीहरूले पढेर सुनाऊ भनेको निर्णय मात्र सुनाउने न्यायाधीश चाहियो ?’

शर्माले बिहान ट्वीट गर्दै  ‘कालो कोटमाभन्दा पनि कालो सोचमा समस्या रहेको’ बताए।

‘उनले भनेका छन्, ‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू,। ‘व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको ञभावनात्मक उत्तेजनाझ सदैव निन्दनीय हुन्छ।’

उनले अगाडि भनेका छन्, ‘अरू बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रतारु विवेक बोल्ने पूर्वप्रधानन्यायाधीशहरू आउटडेटेड अनि आफ्नो आइटडेटेड राजनीतिक दर्शन चैँ दिब्यज्ञानरु प्रधानमन्त्रीज्यू, व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ। देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रौकौं, अब।’

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार ०८:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।