Logo

एन एल जी इन्स्योरेन्सको लाभांश प्रस्ताव, नगद र बोनस शेयर कति ?



एन.एल.जी इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितीको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १० प्रतिशत बोनश शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश् (कर प्रयोजनका) लागि वितरणको प्रस्ताव गरेको हो । 

बिमा समितीद्धारा जारी निर्जीवन बीमा व्यवसाय गर्ने बिमकको वित्तीय विवरण सम्बन्धी निर्देशन,२०६६ बजोजिम तयार पारिएको वित्तीय विवरणमा कम्पनीको खुद मुनाफा २६ करोड २५ लाख ७३ हजार २०३ रुपैयाँ देखिएको छ, भने एनएफआरएस अनुसार तयार पारिएको वित्तिय विवरण अनुसार कम्पनीको खुद मुनाफा २५ करोड ९४ लाख ७६ हजार ५०० रुपेयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रस्तावित लाभांश बीमा समितीको स्वीकृतिपछि साधारणसभाबाट पारित गरि सेयरधनीहरुलाई वितरण गरिने छ । 

60b595afdb2ad.jpg

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार ११:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।