Logo

उज्ज्वल थापाको निधनप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त



प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।  

मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले दिवंगत थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् ।  

‘विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनको खवरबाट स्तब्ध भएको छु। दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ सत्तारुढ नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले लेखेका छन् ।

प्रकाशित मिति : जेष्ठ १८, २०७८ मंगलबार  ९ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।