Logo

कर्णाली प्रदेश

कर्णालीका आठ जिल्लामा गठबन्धनबीच भागवण्डा टुंगो लग्याे (सूचीसहित)



कर्णालीमा सत्ता गठबन्धनको बैठकले आठवटा जिल्लामा भागवण्डा टुंगो लगाएको छ । बिहीबारदेखि जारी गठबन्धनको बैठकले आइतबारसम्म आठ जिल्लामा बाँडफाँटको टुंगो  लगाएको हो ।

सुर्खेत र रुकुम (पश्चिम)को भागबण्डा भने टुंग्याउन बाँकी छ । त्यसका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने शीर्ष नेता नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बीच छलफल जारी छ । सत्ता गठबन्धनले टुंगो लगाएको आठ जिल्लाको विवरण अनुसार माओवादी केन्द्रले प्रमुख/उपप्रमुख गरी ५१, काँग्रेसले ४७ र एकीकृत समाजवादीले २९ वटा पाएको छ । डोल्पामा माओवादी केन्द्रले ३ प्रमुख २ उपप्रमुख, काँग्रेसले १ प्रमुख ३ उपप्रमुख र समाजवादीले ४ प्रमुख ३ उपप्रमुख पाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आईतवार २१:४६   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।