एजेन्सी- स्टेसी विलियम ‘३४’ लाई उनका हुनेवाला पतिले जिउँदै चिहानमा पुरेका थिए । तर भाग्यवस यीनी आफ्नै चिहानबाट बाहिर निस्केकी छिन् । कैट हग्स नामका ३९ वर्षीय उनका प्रेमीले उनलाई सुरुमा सांघातिक आक्रमण गरे । उनी बेहोसमा पुगेपछि खाल्डोमा हाले । खाल्डोमाथि रुखका हाँगाबिंगा र पातपतिंगरले छोपिदिए । स्टेसी मरिसकेको अनुमान गरेर कैटले उनलाई चिहानमा हालेका थिए ।
स्टेसीको अध्याँरो खाल्डामा जब आँखा खुल्यो आफ्नो शरिरमा पक्षघात भएको महशुस भयो । वेल्सको एक अनलाईनलाइनलाई अनुभव बताउँदै भनिन्, ‘जब म ब्यूँझिए, ममाथि रुखका हाँगा, पातपतिंगरले छोपिएको अवस्थामा थिएँ । मलाई अति धेरै भारी वस्तुले थिचेको थियो । मलाई सास फेर्न पनि अति गाह्रो भइरहेको थियो । ’
आफ्ना नङले खियाउँदै चिहानबाट मुस्किलले बाहिर आएको स्टेसीले बताएकी छिन् । आफ्नो जीवन फेरि पहिलेको जस्तै हुने कुरामा उनी आशावादी छैनन् । चिहानबाट निस्केपछि उनले प्राण जोगाउन गुहार मागेकी थिइन् ।
प्रहरीले उनको उद्धार गर्यो । जिउँदै प्रेमीकालाई चिहानमा हाल्ने हग्सलाई ३ वर्ष ९ महिना कारावासको सजाय भएको थियो ।

















प्रतिक्रिया