Logo

गण्डकी प्रदेश

पोखराको मेयरमा गठबन्धनबाट धनराज फाइनल



सत्तारूढ पाँच दलीय गठबन्धनबाट पोखरा महानगरको मेयर उम्मेदवारमा नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्य उठेका छन् ।

गठबन्धनमा भागबन्डाको रस्साकस्सी र कास्की कांग्रेसका कार्यकर्ताका बाधा विरोधका बावजुद गठबन्धनबाट उनले टिकट पाएका हुन् । १३ वर्षको उमेरदेखि एमालेको राजनीतिमा भिजेका आचार्यले एमाले परास्त गर्न सक्ने निष्कर्ष गठबन्धनका नेताहरूको छ ।

एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं कास्की अध्यक्ष रहेका आचार्य झण्डै ४० वर्ष एमालेमा बिताएका थिए । १३ वर्षकै उमेरमा २०३९ मा अनेरास्ववियुमा आबद्ध भएर विद्यार्थी राजनीति थालेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार १४:०५   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।