Logo

गण्डकी प्रदेश

गण्डकीमा ८५ पालिकाको नेतृत्व गर्न ३३३ को मनोनयन



पोखरा । गण्डकी प्रदेशमा १ महानगर सहित ८५ पालिका छन् । महानगर सहित २७ नगरपालिकाको मेयरमा १ सय ५१ जनाको उम्मेदवारी दर्ता भएको छ । 

उपमेयरमा भने ८४ जना मात्रै छन् । ५८ गाउँपालिकाको नेतृत्वका लागि १८२ जनाले उम्मेदवारी दिएका निर्वाचन आयोगले जनाएको छ । उपाध्यक्ष बन्न भने १ सय ३७ को मात्रै उम्मेदवारी छ ।

यस्तै, यहाँका ७५९ वडाहरूको अध्यक्षका लागि १ हजार ३ सय ९१ जनाले मनोनयन दर्ता गरेका छन् । महिला सदस्यमा ९ सय ८, दलित महिला सदस्यमा ७ सय ९० र दुई खुला सदस्यका लागि १ हजार ९ सय ६९ जनाको मनोनयन परेको छ । 

गण्डकीमा कुल ५ हजार ६ सय १२ जनाले मनोनयन दर्ता गराएका हुन् । सबैभन्दा बढी मनोनयन पोखरा महानगरमा परेको छ भने सबैभन्दा कम नार्पाभूमी गाउँपालिकामा परेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार २०:२९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।