मकवानपुर । कोरोना महामारी नियन्त्रणका लागि सुन्दर वस्ति युवा समाजले थाहा नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
राज्य तथा स्थानीय सरकारलाई सहयोग पुर्याउने उद्देश्यले मास्क, साबुन, स्यानिटाइजर जस्ता सामाग्री हस्तान्तरण गरिएको युवा समाजका अध्यक्ष विष्णु प्रसाद अर्यालले जानकारी दिए ।
समाजले नगरपालिकामै उपस्थित भएर नगरप्रमुख लवशेर बिस्टलाई ६ हजार पिस मास्क, २८८ पिस साबुन , १० लिटर स्यानिटाइजर लगायत सामाग्री हस्तान्तरण गरेको समाजका उपाध्यक्ष सिताराम कार्कीले जानकारी दिए ।
थाहा नगरपालिकाले नगरवासीहरूको सहजताका लागि अक्सिजन सहितको २० बेड रहेको आइसोलेसन सञ्चलन गरिरहेको छ । आइसोलेसनमा २ जना डक्टर र ५ जना नर्सले सेवा सुविधा प्रदान गर्दै आएको मेयर लवशेर विष्टले अनलाइनपानालाई बताए ।




















प्रतिक्रिया