प्रदेश १ सरकारले आगामी साेमबार बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेकाे छ। प्रदेश मन्त्रिपरिषदकाे बिहीबारकाे बैठकले जेठ २४ गते अपराह्न २ बजे बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारले असार १ मा बजेट ल्याउनुपर्ने हुन्छ भने १५ दिन अघि नै प्रिबजेट। बुधबारको मन्त्रिपरिषद बैठकले प्रि-बजेट छलफल छल्ने गरी अध्यादेश ल्याइसकेकाे छ।















प्रतिक्रिया