Logo

कोशी प्रदेश

सांसदका छाेराले चलाएकाे गाडीको ठक्करबाट मजदुरको मृत्यु



प्रदेश १ का सांसदका छाेराले चलाएकाे कारकाे ठक्करबाट एक मजदुरकाे मृत्यु भएकाे छ।

विराटनगरमा प्रदेश सांसद बिन्दिया कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले बिहीबार राति एयरपोर्ट रोडमा ठक्कर दिँदा भारत कटियारीका ३५ वर्षीया मुकेश शर्माको ज्यान गएको हो। उनी पैदल हिँडिरहेका बेला कारले ठक्कर दिएकाे जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मानबहादुर राईले बताए।

प्रहरीका अनुसार उक्त गाडी प्रदेश १ सभा सदस्य बिन्दियाका छोरा रोविन कार्कीले चलाएका थिए।

डिएसपी राईका अनुसार सडकमा हिँडिरहेको समयमा पछाडिबाट कारले दुई जनालाई ठक्कर दिएको थियो। पैदलयात्री कटहरी निवासी २२ वर्षीया राजकुमार राजवंशी पनि घाइते भएका छन्। उनको नोबेल अस्पतालमा उपचार भइरहेको राईले बताए। उनीहरु विराटनगर–४ स्थित न्यू एभरेष्ट स्टिल उद्योगमा कार्यरत मजदुर हुन्।

तस्बिर : थाहाखबरबाट।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार ०६:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।