पूर्वसांसद तथा नेकपा माओवादी केन्द्रका नेता विष्णुबहादुर तामाङको निधन भएको छ । सिरहाको कर्जन्हा नगरपालिका–५ निवासी ७८ वर्षीय तामाङको उपचारको क्रममा बिहीबार अपरान्ह झापाको दमकस्थित आम्दा अस्पतालमा निधन भएको हो ।
कोरोना संक्रमणबाट मुक्त भइसकेका उनको उपचारको क्रममा सुगरलेभल एक्कासि बढी भएपछि उनको निधन भएको परिवारजनले बताएका छन् । तामाङ २०४८ सालको आम निर्वाचनमा सिरहा क्षेत्र नं. ५ बाट तत्कालीन संयुक्त जनमोर्चाबाट सांसदमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया