Logo

कस्तो रह्‍यो यस साताको शेयर बजार ?



यस साताको पाँच कारोबार दिनमा नेप्से परिसूचक दुई दिन घटेको थियो भने तीन कारोबार दिन शेयर बजार परिसूचक बढेर बन्द भएको थियो । अघिल्लो साता २८१५.४० अंकमा बन्द भएको बजार यस साताको अन्त्यसम्म घटबढ हुँदै २८५६.७७ अंकको बिन्दुमा बन्द भएको छ । यस साताको अन्तिम कारोबार दिन नेप्सेले २८७६.११ को अल टाईम आइ बिन्दु चुमेको थियो । 

यस साता शेयरबजार परिसूचक नेप्से ४१. ३७ अंकले बढेको छ । यस साता कारोबार रकममा भने उछाल देखिएको छ । पाँच कारोबार दिनमा ६७ अर्ब ७९ करोड ४५ लाख ४१ हजार २९५ रुपैयाँ ८७ पैसा बराबरको कारोबार भएको छ । 

यस साताको बजार पूँजीकरण पनि ५७ अर्ब ४४ करोड ४० लाख रुपैयाँले बढेको छ । यसको मतलब ६७ अर्ब भन्दा धेरै खर्च भएको बजारमा ५७ अर्ब भन्दा धेरैले उनको सम्पत्ती वृद्धि भएको छ । यस साता वित्त समूहको परिसूचक सर्वाधिक १७.६७ प्रतिशतले बढेको छ भने विकास बैंक समूहको परिसूचक १७.४० प्रतिशतले बढेको छ । 

ट्रेडिङ अर्थात व्यापार समूहको परिसूचक यस साता सर्वाधिक ५.४६ प्रतिशतले घटेको छ । जलविद्युत समूहको परिसूचक ४.४९ प्रतिशतले घटेको छ । बजेट भाषणपछिको पहिलो कारोबार दिन (आइतबार) शेयर बजारमा नयाँ रेकर्ड कायम भएको थियो । आइतबार १२.५४ अंकले बजार बढ्दा २८२७.९३ अंकको विन्दुमा बन्द भएको थियो । शेयरबजार सकारात्मक रहँदा शेयरबजारमा सम्पूर्ण परिसूचकहरु बढेका थिए । 
आइतबार शेयरबजारमा ऐतिहासिक कोरोबार भएको थियो । दुई सय १९ कम्पनीको एक लाख ७३ हजार ५३७ पटकको व्यापारमा चार करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयरको खरिदबिक्री हुँदा १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४४ रुपैयाँ ९१ पैसा बराबरको कारोबार भएको थियो । आइतबारको बजार बन्दहुँदा नेप्सेको बजार पूँजीकरण ३९ खर्ब २४ अर्ब १५ करोड ४७ लाख १५ हजार २९७ रुपैयाँ ५ पैसा कायम भएको थियो । 

०.४५ प्रतिशतले बढेको बजारमा ९९ कम्पनीको शेयर मूल्य बढेको थियो भने ८० कम्पनाीको शेयर मूल्य घटेको थियो । बाँकि ३ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको थियो । सोमबार शेयरबजार परिसूचक नेप्से ४५.०७ अंकले घटेको थियो । शेयर बजारमा करेक्शन आउँदा शेयर बजारमा सम्पूर्ण परिसूचकहरु पनि एक प्रतिशत भन्दा धेरैले घटेका थिए ।  

सोमबार दुई सय १८ कम्पनीको एक लाख ४८ हजार ७१५ पटकको व्यापारमा तीन करोड आठ लाख ८८ हजार ६९५ कित्ताको खरिदविक्री हुँदा १३ अर्ब ९० करोड ९१ लाख १३ हजार २९१ रुपैयाँ ४९ पैसा बराबरको कारोबार भएको थियो । १.५९ प्रतिशतले घटेको बजारमा २६ कम्पनीको शेयर मूल्य घट्दा एक सय ५४ कम्पनीको शेयर मूल्य बढेको थियो बाँकी दुई कम्पनीको शेयर मूल्य भने स्थीर रहेको थियो । 

दोस्रो दिन ४५ अंकको करेक्शनपछि तेस्रो दिन १२.७१ अंकले घटेको थियो । मंगलबार शेयर बजार परिसूचक नेप्से १२.७१ अंकले घटेर २७७०.१२ अंकको विन्दुमा बन्द भएको थियो । शेयर बजार घट्दा शेयर बजारका सम्पूर्ण परिसूचक राताम्मे देखिएका थिए । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि ३.४३ अंकले घटेर ४९७.१२ अंकको विन्दुमा बन्द भएको थियो । मंगलबार दुई सय १६ कम्पनीको ९८ हजार ६०७ पटकको व्यापारमा एक करोड ९७ लाख ८३ हजार ३५४ कित्ताको खरिदविक्री हुँदा आठ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँ बराबरको कारोबार भएको थियो । ०.४६ प्रतिशतले घटेको बजारमा ४९ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ३० कम्पनीको शेयर मूल्य घटेको थियो । 

बुधबार शेयर बजार परिसूचक नेप्से ५५.७६ अंकले बढेको थियो । निरन्तर बढेको बजारमा पसिूचक अन्त्यमा २८२७.१३ को विन्दुमा रोकिएको थियो । दुई सय १९ कम्पनीको एक लाख १४ हजार २१६ पटकको कारोबारमा दुई करोड २६ लाख १३ हजार २९ कित्ता शेयरको खरिदविक्री हुँदा ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३५६ रुपैयाँ बराबरको कारोबार भएको थियो । 

बुधबारको बजार बन्दहुँदा नेप्सेको बजार पुँजीकरण ३९ खर्ब २३ अर्ब ८ करोड ३५ लाख ८८ हजार ४० रुपैयाँ ५ पैसा कायम भएको छ । २.०१ प्रतिशतले बढेको बजारमा एक सय ६२ कम्पनीको शेयर मूल्य बढ्दा १५ कम्पनीको शेयर मूल्य घटेको थियो भने बाँकी ५ कम्पनीको मूल्य स्थीर रहेको थियो । 

साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से अल टाईम हाईमा बन्द भएको छ । २९.६४ अंकले बढेको बजारमा २८५६.७७ अंकको ऐतिहासिक विन्दुमा शेयर बजार बन्द भएको थियो । बिहीबार २ सय १८ कम्पनीको १ करोड ५५ लाख ६५५ पटकको कारोबारमा ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ताको खरिदविक्री हुँदा १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ रुपैयाँ बराबरको कारोबार भएको थियो । 

बिहीबारको बजार बन्दहुँदा नेप्सेको बजार पुँजीकरण ३९ खर्ब ६४ अर्ब २१ करोड २१ लाख ५१ हजार ९९९ रुपैयाँ ५ पैसा कायम भएको थियो । १.०५ प्रतिशतले बढेको बजारमा ९९ कम्पनीको शेयर मूल्य बढ्दा ८१ कम्पनीको शेयर मूल्य घटेको थियो, बाँकी २ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो । 

प्रकाशित मिति : जेष्ठ २१, २०७८ शुक्रबार  १ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।