संखुवासभा : मादी नगरपालिका-५ च्याङरिङ बस्ने ४६ वर्षीय राजेन्द्र बाबु दाहाल र उनकी श्रीमती ५० वर्षीया कमला भण्डारी दाहालको आगलागीमा परी जलेर बिहीबार राति मृत्यु भएको छ ।
दाजु गायत्री दाहालको घरमा बाबुको क्रिया बसेका दुवै जना राति घर बाहिर निस्किएकोमा फर्किनआएपछि खोजी गर्ने क्रममा उनीहरुको घरमा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मादीराम्बेनीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।
साथै उनीहरुको खोजी गर्ने क्रममा आगलागीबाट जलेर मृत्यु भएको अवस्थामा कमलाको शव फेला परेको हो भने जलेर गम्भीर घाइते भएको अवस्थामा फेला परेका राजेन्द्रको उद्दार गरी लगिएकोमा मादी नगरपालिका-४ मादी पोलीक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीको कारण हाल खुल्न सकेको छैन ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया