Logo

धर्म / संस्कृति

विविधता नै नेपाली समाजको पहिचान हो : राष्ट्रपति भण्डारी



काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद उल फित्र) को अवसरमा राप्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छन् । मंगलबार परेको इदको शुभकामना दिंदै उनले विविधता नै नेपाली समाजको पहिचान र सामर्थ्य भएको बताएकी हुन् ।

‘इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल फित्रको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु’, शुभकामना सन्देशमा भनिएको छ, ‘ईद पर्वले विविधतायुक्त नेपाली समाजमा विद्यमान सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पुर्‍याएको छ ।’

इस्लाम समुदायमा रहेको दान गर्ने परम्पराका साथै ईदको अवसरमा मान्यजनबाट आशिर्वाद लिने एवं आपसमा खुसी आदानप्रदान गर्ने प्रचलनले नेपाली संस्कृतिमा अन्तर्निहित प्रबल मानवीय पक्षलाई प्रतिविम्वित गर्ने राप्ट्रपति भण्डारीले बताइन् । ईदले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवर्द्धन गर्न टेवा पुग्ने विश्‍वास लिएको उनको भनाइ छ ।

उनले ईदले नेपालीमा राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यवद्धताको भावना सुदृढ गरी सभ्य, समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार ०९:०३   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।