संवैधानिक इजलास गठन पुनःविवादित भएको छ । यसअघि रिट निवेदक शेरबहादुर देउवा पक्षका वकिलले दुई न्यायाधीश तेजवहादुर केसी र बमकुमार श्रेष्ठमा आपत्ति जनाएपछि विवादमा परेको थियो ।
आइतबार पुनर्गठित इजलासमा केसी र श्रेष्ठको विपक्षमा राय दिएका न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराई दोहोरिएपछि सरकार पक्षका वकिलले असहमति जनाएका छन् ।
ओली पक्षका वकिलले संवैधानिक इजलासमा रहने अन्य न्यायाधीशको विकल्प रहेको भन्दै अस्ति अलग राय दिएका न्यायाधीश बस्न नमिल्ने बताएका छन् ।
यो मुद्दा र त्यो मुद्दाको विपक्षी नै अलग छ । अर्को कुरा एउटा न्यायाधीशले आफूले हेर्छु हेर्दिन भन्न पाउँछ । तर, फलानोले हेर्छ भने म हेर्दिन भन्न पाइँदैन ।
ओली पक्षका वकिलले कुनै न्यायाधीशले हेर्ने मुद्दा म हेर्दिन भनेर दुई न्यायाधीशले भनेको भन्दै यसमाथि प्रश्न उठाएका छन् ।





















प्रतिक्रिया