नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरूलाई तत्काल रिहा माग गरेका छन् ।
चुरे दोहनको विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईसहित नौ जनालाई प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी वृत्त महाराजगंजमा राखेको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत खानीजन्य पदार्थ निकासी खुल्ला गर्ने निर्णयविरुद्ध राजधानीको गोंगबुमा प्रदर्शनका क्रममा प्रहरीले उनीहरूलाई गिरफ्तार थियो ।
प्रहरीले भट्टराईसहित नेताहरू परोपकार अधिकारी, सुमन थापा मगर, किशोर गुरुङ, धर्मराज शाही, दीपेन्द्र ढकाल, हिक्मत शाही, सुदर्शन पनेरूलाई पक्राउ गरेकोमा नेविसंघले तत्काल विना स्त रिहाइको माग गरेको छ ।





















प्रतिक्रिया