Logo

टिप्पणी

‘प्रचण्डलाई निन्द्रा लाग्न छोडिसक्यो’ !



नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई राति निन्द्रा लाग्न छोडिसकेको बताएका छन् । बिना मगरप्रति व्यङ्ग्य गर्दै ओलीले भने, ससुराको त होस्, हवास् उडिसक्यो ।

राति निन्द्रा लाग्न छोडिसक्यो । बुहारीको के हालत हुन्छ । एमालेबाहेक अरु विकल्प छैन ।

उनले महाकाली सन्धी सम्झौताअनुसार कञ्चनपुरको दोधारा चाँदनीमा दुई वर्षभित्र पानी पुर्‍याउने दाबी गरे । कञ्चनपुरको बैलौरीमा आयोजित चुनावी जनसभालाई बिहीबार सम्बोधन गर्दै उनले आउँदो संसदीय निर्वाचनपछि नेकपा एमालेको सरकार बन्ने दाबी गर्दै दुई वर्षभित्र दोधारा चादनीमा सिचाँइका लागि पानी पुग्ने बताए ।

हामी सरकारमा हुँदा भारतसँग कुरा गरेर सर्भेको काम अगाडि बढाएका छौं । अबको दुई वर्षभित्र दोधारा चाँदनीमा सिचाँइ पुग्छ,उनले भने । उनले अहिलेको सरकारले विकासमा ध्यान नदिएको आरोप लगाए ।

हामीले गुमेको भूमि नक्सामा समेटेर संसदबाट पास गरायौं। राष्ट्रियताको सबालमा एमालेबाहेक अरु कुनै पार्टी नै छैन, उनले भने ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार १३:४६   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।