Logo

कोशी प्रदेश

ताप्लेजुङको साँवामा प्रहरी चौकी स्थापना



प्रहरी प्रधान कार्यालय २०७६ कात्तिक १५ गतेको पत्रादेशानुसार मिक्वाखोला गाउँपालिका-४ साँवामा प्रहरी चौकी साँवाको शनिबार स्थापना भएको छ ।

 ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी झारेन्द्र चापागाई, मिक्वाखोलाका गाउँपालिका अध्यक्ष राम कुमार साँवा, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ, स्थानीय प्रतिनिधि, संचारकर्मी लगायत स्थानीय बासिन्दाको उपस्थितिमा उक्त प्रहरी चौकी स्थापना गरिएको हो । ,

उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना प्रहरी कर्मचारीको टोली रहने गरी सेवा सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ जनाएको छ ।

प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार  १ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।