Logo

होलडरमा हात घुसाउँदा करेन्ट लागेर मृत्यु 



कास्की : अन्नपूर्ण गाउँपालिका-१० होदु बस्ने शेर बहादुर बिकको छोरा ८ वर्षीय युवराज बिकको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घरको कुखुराको खोरमा बिजुलीको बल्ब नभएको खाली होलडरमा हात घुसाउँदा करेन्ट लागेर वेहोस भएका उनको उपचारको लागि पोखरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

त्यसैगरी, स्याङजा चापाकोट नगरपालिका-१० र १ जोड्ने निर्माणाधिन पुलमा काम गर्ने दाङ राप्ती गाउँपालिका-५ घर भएका २० वर्षीय शशिधर थापाको करेन्ट लागेर मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा भुइँमा रहेको तारबाट अचानक करेन्ट लाग्दा अशक्त भएका उनको चापाकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १४:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।