Logo

सर्वोच्चमा न्यायाधीश विवाद : न्यायाधीशद्वय कार्की र भट्टराईले लिखित राय दिने तयारी



संसद् विघटन विरुद्धको मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासको पेशी आज तोकिएको छ। उक्त इजलासका न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आज लिखित राय दिने भएका छन् । 
 
न्यायाधीशद्वय कार्की र भट्टराईले इजलासमा बस्न नमिल्ने भनी सरकार पक्षले दिएको निवेदनमाथि उनीहरूले आफ्नो लिखित राय पेश गर्ने तयारी रहेको अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले अनलाइनपानालाई जानकारी दिए ।
 
दुई न्यायाधीशमाथि सरकारी पक्षले प्रश्न उठाएपछि आइतबार विषयवस्तुमा प्रवेश नै नगरी हेर्दाहेर्दै स्थगित भएको इजलास प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिरामी परेका कारण दुई दिन स्थगित भएको थियो । सोही  इजलास आज बस्न लागेको हो अधिवक्ता शर्माले बताए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार ११:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।