Logo

खेलकुद

रियल मड्रिडको जितमा जुनियरको ह्याट्रिक



काठमाडौं । युवा फरवार्ड भिनिसियस जुनियरको ह्याट्रिक मद्दतमा स्पेनिस ला लिगा अन्तर्गत बिहीबार राति भएको खेलमा रियल मड्रिडले लेभान्टेलाई ६-० अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलको जितमा भिनिसियसले ह्याटि्रक गर्दा फर्लान्ड मेन्डी, करिम बेन्जेमा र रोड्रिगोले  १-१  गोल गरे ।

यसअघि नै च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको रियलले ला लिगाको समेत उपाधि जितिसकेको छ । 

रियल म्यड्रिड ४६ खेलबाट ८४ अंक सहित शीर्ष स्थानमा छ । पराजित लेभान्टे २९ अंक जोडेर पुछारमा छ । 

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  ७ : ०९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।