Logo

बागमती प्रदेश

बागमतीकाे नीति तथा कार्यक्रम आज, यस्ताे छ प्रतिपक्षीकाे रणनीति



बागमती सरकारले आगामी आवकाे नीति तथा कार्यक्रम आज बिहीबार ल्याउने भएकाे छ। बिहीबार दिउँसो प्रदेश सभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

तर, प्रतिपक्षी दलहरू भने नीति तथा कार्यक्रम र बजेट संसद्बाट पारित गर्न नदिने रणनीति बनाउन जुटेका छन्। अहिले बागमतीमा अल्पमतको सरकार भएको दाबी गर्दै यस्तो सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमको कुनै औचित्य नभएको प्रमुख प्रतिपक्षी माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बताए।

नीति तथा कार्यक्रम र बजेट पारित गर्न नदिन आफ्नो दलसहित विपक्षीलाई समेटेर संसद् अवरुद्ध गर्ने जम्कट्टेलले बताए।

बागमती सरकारले यसअघि ल्याएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) अर्थात् प्रि–बजेटमाथि १७ जेठ सोमबार प्रदेश सभामा छलफल गरेर बैठक स्थगित गरेको थियो। बिहीबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत र छलफलपछि १ असारमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी छ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार ०७:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।