Logo

समाचार

फ्रान्सेली राष्ट्रपतिलाई चड्कन हान्नेसँग हतियार र हिटलरकाे आत्मकथा भेटियाे



फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोंको गालामा चड्कन हिर्काएका भनिएका एक जनासँग हतियार र हिटलरकाे आत्मकथा भेटिएकाे छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार दक्षिणी फ्रान्सको एक कार्यक्रममा पुगेका म्याक्रोंको गालामा एक जना पुरूषले थप्पड हानेका थिए।

थप्पड हिर्काएकाे आराेपमा पक्राउ परेका उनीसँग हतियार र हिटलरकाे आत्मकथा माइन काम्फ भेटिएकाे बिबिसीले उल्लेख गरेकाे छ।

फ्रान्सेली मिडियाले उल्लेख गरेअनुसार २८ वर्षीय ती युवकलाई नियन्त्रणमा लिए पश्चात उनकाे घरमा छापा मारिएकाे थियाे।

 

 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार ०८:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।