Logo

गण्डकी प्रदेश

व्यास नगरपालिकाका मेयर उम्मेदवारलाई काँग्रेसका कार्यकर्ताले गरे कुटपिट



तनहुँको व्यास नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ ।

जोशीमाथि नेपाली काँग्रेसका कार्यकर्ताले कुटपिट गरेको उनका बुबा तथा काँग्रेसका पूर्व नेता गोविन्दराज जोशीले बताए ।

जोशीको टाउकोमा चोट लागेको छ । मतपत्र च्यातिएपछि विवाद हुँदा उनीमाथि आक्रमण भएको बुझिएको छ ।

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  १० : २१ बजे