हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल)को हकप्रद शेयर सुरक्षित गर्ने आज (जेठ २७ गते बिहिबार) अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि (जेठ २८ गते) बुकक्लोज गर्दैछ ।
त्यसैले, बिहीबारसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले १।१ अर्थात् १ बारबार १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्दैछ ।
कम्पनीले हकप्रद निष्काशन गर्न चैत्र १२ गते नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेकोमा बोर्डबाट जेठ ९ गते, आइतबार अनुमति दिएको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद निष्काशनको अनुमति पाएको हो ।
कम्पनीले हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया