Logo

प्रमुख समाचार

हेटौंडामा अघि लाग्यो राप्रपा, एमाले तेश्रो



हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयसमा राप्रपाले अग्रता लिएको छ ।

राप्रपा उम्मेदवार दीपकबहादुर सिंहले २ हजार ७ सय १० मतसहित अगाडि छन् । सत्ता गठबन्धनकी नेकपा एकीकृत समाजवादीकी मिनाकुमारी लामाले २ हजार ६ सय ६९ मतसहित सिंहलाई पछ्याइरहेकी छन् । यसअघि लगातार लामा अगाडि थिइन् ।

तेश्रो स्थानमा रहेका एमालेका अनन्तराम पौडेलले २ हजार ४ सय ३४ मत पाएका छन् । उपमेयरमा भने सत्ता गठबन्धनका उम्मेदवार काँग्रेसका राजेश बानियाँले ३ हजार ९ सय ८२ मत ल्याएका छन् ।

एमालेकी उम्मेदवार सुमित्रा काफ्ले ३ हजार १६ मतसहित बानियाँलाई पछ्याइरहेकी छन् । राप्रपाकी इन्दिरा न्यौपानेको ८ सय ३ मत छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार २०:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।