Logo

कोशी प्रदेश

मतगणना नसकिँदै एमाले उम्मेदवारद्वारा हार स्वीकार



उदयपुर । उदयपुरको बेलका नगरपालिकामा एमालेबाट मेयर पदका उम्मेदवार दुर्गाकुमार थापाले मतगणना नसकिँदै हार स्वीकार गरेका छन् ।

निवर्तमान मेयर थापा कांग्रेसका अशोक कार्कीसँग पराजित हुने देखिएपछि मतगणनास्थल छाडेर हिंडेका छन् । ०७४ को निर्वाचनमा कार्कीलाई नै हराएर थापा मेयरमा निर्वाचित भएका थिए ।

वडा नम्बर १, ७ र ९ को मतगणना सकिँदा कार्कीले ३ हजार ७१ मत ल्याउँदा थापाको २ हजार २ सय २५ मत छ । थापाले आफूलाई पार्टीबाटै अन्तर्घात भएको आरोप लगाएका छन् ।

३३ हजार मतदाता रहेको बेलकामा २१ भन्दा बढी मत खसेको थियो । बेलकामा काँग्रेस र माओवादी केन्द्रले चुनावी गठबन्धन गरेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार २०:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।