Logo

बागमती प्रदेश

खैरहनी–५ को वडाध्यक्षमा एमालेका छत्रनाथ सुवेदी विजयी



खैरहनी । खैरहनी नगरपालिकाको वडा नंं–५ को वडाध्यक्षमा एमालेका छत्रनाथ सुवेदी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका वडाध्यक्षका उमेदवार एक बहादुर बोहोरा क्षेत्रीलाई ९३ मतले पछि पार्दै विजयी भएका हुन् । एमालेका सुवेदीले ६५९ मत प्राप्त गर्दा कांग्रेसका क्षेत्रीले ५६६ मत प्राप्त गरे ।

वडासदस्यहरुमा एमालेका छन्नुराम चौधरी ७१८, कांग्रेसका सुरज सुवेदी ६६० मत, महिला सदस्यमा मगनी चौधरी ६७५ मत र दलित महिला सदस्यमा ६९६ मत प्राप्त गरी कुन्ती परियार निर्वाचित भएका छन् ।

यस अगाडि यस वडाको वडाध्यक्षमा कांग्रेसले २२९ मतले जितेको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १५:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।