पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा चर्चा बनाइएको खुलेको छ । हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्र विकास कोषको जमिन प्रयोग गरि चर्च बनाइएको पाइएको हो । मुलुकमा इसाईकरण बढिरहेको समयमा विश्वका हिन्दुहरुको आस्थाको केन्द्रमा पनि इसाई प्रार्थनास्थल चर्च बनाएको पाइएपछि विरोध भएको छ ।
काठमाडौंको कालोपुल नजिकै श्रीको नाममा रहेको जग्गामा ज्ञानेश्वर चर्चका नाममा अनधिकृत रुपमा दुरुपयोग भएपछि व्यापक विरोध हुने देखिएको छ । उक्त चर्च हटाउन सर्वोच्च अदालतले परमादेश दिएको भएपनि पशुपति क्षेत्र विकास कोषले चर्च हटाउन सकेको छैन ।
पशुपतिको जमिनको प्रयोग गरी हिन्दु धर्म, संस्कृति एवं परमपरको विपरीत इसाई धर्मको प्रचार गरी हिन्दु धर्मविरुद्ध विभिन्न कार्यहरू भएको भन्दै उक्त चर्च हटाउन माग गरिएको छ ।
शुक्रबार हिन्दु घर्मालम्बीहरुको समूहले नेपालको संविधानको २०७२ धार १६२ अनुसार एउटा धार्मिक समुदायले अर्को धार्मिक समुदायको धार्मिक स्थल प्रयोग गर्न नपाइने व्यवस्था र सर्वोच्च अदालतले नेपाल सरकारको नाममा जारी गरेको आदेश अनुसार पनि उक्त चर्च गैरकानुनी रूपमा पशुपति क्षेत्र विकास कोषको जग्गामा प्रयोग गर्न नहुने भन्दै कोषलाई ज्ञापन पत्र बुझाइएको हो ।
उनीहरूले पशुपतिनाथको पूजा गर्नका लागि स्थापित गुठी जग्गामा चर्च निर्माण गरिएकाले उक्त गैरकानुनी कार्य तत्काल रोकी पशुपतिनाथको जग्गाको संरक्षण संम्बर्धन गर्न माग गरेका छन् ।

















प्रतिक्रिया