रोल्पाको परिवर्तन गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रका सुकबहादुर बुढा मगर विजयी भएका छन् । सुकबहादुरले ३३११ मत पाएका छन् ।
उनले कांग्रेसका विश्वकुमार चन्दलाई हराएका हुन् । चन्दले ३१२९ मत पाए ।
यो पालिकामा एमालेले अध्यक्षमा उम्मेदवारी दिएको थिएन । उपाध्यक्षमा माओवादीकी कलादेवी खत्रेनी विजयी भएकी छन् । उनले एमालेकी सपना रोका मगरलाई हराएकी हुन् ।
२०७४ मा पनि यहाँ माओवादी केन्द्रले जितेको थियो ।
प्रतिक्रिया