शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनुपर्छ। धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ । के के हुन ती खानेकुरा जुन शनिबार नखाँदा नै बेस हुन्छ ।
सादा दुध वा दहिको सेवन शनिबार राम्रो मानिदैन । तर दुधमा मह वा चिनी मिसाएर भने खान सकिन्छ ।
काँचो आपको अचार खान बाट बच्नुहोस् ।
रातो खुर्सानीको प्रयोग शनिबारको दिन नगर्न बताइन्छ ।माछा मासु पनि शनिबार नखादाँनै राम्रो मानिन्छ । अझ शनिको दशा चलेको बेलामा माछा मासुमा विशेष ध्यान पुर्याउनु पर्नेहुन्छ ।
शनिबार रक्सी सेवन गर्नाले शनि राम्रो भएको बेलामा पनि अशुभ फल मिल्छ । दुर्घटनाको आंशका बढ्ने हुन्छ ।
शनिबारको दिन चना र मासको दाल खान सकिन्छ तर मसुरोको दाल भने नखादाँ नै राम्रो हुन्छ ।

















प्रतिक्रिया