Logo

कोशी प्रदेश

एमाले सांसद यज्ञराज सुनुवारको गृह वडामा काँग्रेस विजयी



ओखलढुंगाका एमाले सांसद यज्ञराज सुनुवारको गृह वडाको वडाध्यक्ष काँग्रेसले जितेको छ । सोमबार मोलुग गाउपालिका वडा नम्बर ५ मा भएको मत गणनामा काँग्रेसका गोपी कार्की विजयी भएका हुन् ।

कार्कीले ३८४ मत ल्याएर विजयी बन्दा एमालेका गोपाल नेपालले ३७० मत मात्र ल्याए । मोलुग सांसद सुनुवारको गृह वडा हो । आठ वटा वडा रहेको मोलुग गाउपालिकामा हालसम्म १ मा एमालेका कमल वानिया, २ मा काँग्रेसका टंक बहादुर कार्की,३ मा एमालेका मित्र सुनुवार, ४ मा काँग्रेसका भोलाराज राई, ५ मा काँग्रेसका कार्की विजयी भएका हुन् ।

त्यस्तै ७ र ८ मा एमालेकै हेमबहादुर सुनुवार र सुधीर राई निर्वाचित भैसकेका छन् । वडान ६ को मतगणना जारी छ । पालिका अध्यक्षमा काँग्रेसका राजन दाहाल र एमलेका उत्तम राई प्रतिस्पर्धामा भएपनि करिव ५ सय मतले दाहाल अघि छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार २०:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।