Logo

कर्णाली प्रदेश

नेपालगञ्ज उपमहानगरमा कांग्रेसका विष्ट ४९२९ मतले अगाडि



नेपालगञ्ज नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार प्रशान्त विष्ट दोब्बर मतले अगाडि छन् । पछिल्लो मतगणनाको विवरणअनुसार नेपाली कांग्रेसका विष्टले १० हजार १२७ मत ल्याएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका पशुपति दयाल मिश्राले ५१९८ मत प्राप्त गरेका छन् । बिष्टसँग मिश्रा ४९२९ मतले पछि परेका हुन् । त्यस्तै, राप्रपाका नन्दलाल वैश्यले ४०७२ मत पाएका छन् भने जनमत पार्टीका प्रहलाद अहिरले ३६८ मत प्राप्त गरेका छन् ।

उपप्रुखममा जसपाका कमरुद्दीन राईले ८४५३ मत ल्याएर अग्रता कायम राखेका छन् भने राप्रपाका बिन्दु चर्ति मगरले ५२४९ मत ल्याउँदा एमालेका अब्बन किंगरीयाले २५६ मत ल्याएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार १६:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।