देशभरीका स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै जाँदा पाँचदलीय गठबन्धन विरुद्ध एमालेले टक्कर दिइरहेको छ ।
कांग्रेसका लागि निकै फलिफाप सिद्ध देखिएको गठबन्धन माओवादी र एकीकृत समाजवादीलाई भने खासै फलदाई देखिएको छैन । फलत गठबन्धनको चुनावी तालमेल कति सफलबन्ने विषयमा विभिन्न कोणबाट बहस सुरु भएको छ । स्थानीय तह निर्वाचनको मतगणनाको तेश्रो दिन देशभरबाट अन्तिम मत परिणाम आउने क्रमजारी छ ।
प्रारम्भिक मत परिणामले मुख्य प्रतिस्पर्धामा नेकपा एमाले र कांग्रेस देखिएका छन् । सर्सतीमत परिणाम हेर्दा कांग्रेसलाई गठबन्धनको फाईदा देखिए पनि माओवादी केन्द्र र एकीकृत समाजवादीलाई भने कागलाई वेल पाक्यो हर्ष न विष्मातको अवस्थमा देखिएको छ ।
अघिल्लो स्थानीय तह निर्वाचनमा२६४ स्थानीयतहको नेतृत्व हात पारेको कांग्रेस गठबन्धनकै कारण उत्साहज नजित र अग्रता कायम राख्दै छ भने गत निर्वाचनमा २९४ स्थानीय तहमा जितेको एमाले पनि दोश्रोमा कायम भएको छ । गतनिर्वाचनमा १०६ वटा स्थानीय तहमा जित हासिल गरेमा ओवादीले भने खासै लाभलिन सकेको छैन ।
एकीकृत समाजवादी त अझ कांग्रेसलाई वैशाखीमात्र बनेको छ । सोमबार अबेर सम्म आएको मतपरिणामका आधारमा विश्लेषण गर्दा तालमेल भएका ठाउँमा कांग्रेसको भोट अरु दलमा सहज स्थानान्तरण नभए पनि अन्य दलको भोट भने कांग्रेसले पाएको देखिन्छ ।
मेयरमा कांग्रेसले अग्रतालिएको ललितपुर र विराटनगरमा गठबन्धनका उपमेयरका उम्मेदवार एमालेका उम्मेदवारको भन्दापछि हुनुले समेत यो प्रष्ट पारेको छ । यता माओवादीले प्रमुखपाएको भरतपुरमा पनि कांग्रेसकै कारण एमालेलाई फाईदा पुग्दा अरु दलहरुले कांग्रेस गठबन्धनमा त्यतिइमानदार नबनेको आरोप लगाउन थालेका छन् ।
यतायस अघिबाटै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धन क्लियर नभएकोभन्दै वागी उम्मेद्धारलाई नै मतमागेका थिए । साथै भरतपुरमा देखिने परिणामले गठबन्धनको भविष्यले निर्धारण हुने आशयको अभिव्यक्ती दिएका थिए ।
त्यस्तै एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादी काअध्यक्षमाधवकुमार नेपालले पनि वेलावेला कांग्रेसमा आफू धेरै शक्तिशाली भएको ’दम्भ देखिएको’ भन्दै असन्तुष्टि पोख्दै आएका छन ।
यहि शंकैशंका बीचमा गठबन्धनको लाभ कांग्रेसलाई मात्र भएकिन आफूमात्र वैशाखी बन्नु भन्ने धारणा अन्य घटमा विकास हुनथालेको छ । तर केहि विश्लेषकहरु भने चुनावी परिणामले गठबन्धनलाई केही असर नपार्ने बताउछन् ।
एक्लै लड्ने अवस्थामा नरहेको तथा केहि नाफा मै रहेको माओवादीले गठबन्धन आत्मसाथ गर्दा अस्तित्वकै लडाईमा रहेको एकीकृत समाजवादीले गठबन्धन छोड्ने आट नगर्ने उनीहरु बताउछन् ।
गठबन्धन हुँदा समेत पछार्न नसकेको तथा फुटको असरलाई समेत व्यवस्थापन गर्न सफल एमालेको डर उनीहरुमा रहँदा अहिलेको मतपरिणामले सकारात्मक वातावरण सिर्जना गर्ने उनीहरुको भनाई छ ।
यसअघि नै गठबन्धन कांग्रेसका लागि फलिफाप भएपनि अरुका लागि खासै अर्थ परक नहुने धेरैको विश्लेषण थियो । त्यस्तै गतनिर्वाचनमा तेश्रो स्थानमा रहेको तथाभाग नै नलिएको दल र एमालेविचको ठूलो खाडल कांग्रेसको मतले पुर्ने चुनौती गठबन्धनमा थियो ।
यता कम्युनिष्टलाई कांग्रेसले भोट नहाल्ने प्रवृत्तीका बीचमा ओवादी र एकीकृत समाजवादीले पाएको भाग एमालेका लागि अवसर हुने देखिएको थियो । जुनविश्लेषण अहिले चरितार्थ हुँदा यसलाई गठबन्धनले असफलताका रुपमा लिन्छन कीअझ एक जुट हुने आवश्यकताको आधार मान्छन त्यो भने हेर्न बाँकि छ ।




















प्रतिक्रिया