Logo

कोशी प्रदेश

इलामको सुर्योदय नगरपालिकामा २४ वर्षीय युवक निर्वाचित, को हुन् उनी ?



काठमाडौं । इलामको सुर्योदय नगरपालिकामा २४ वर्षीय युवक वडाध्यक्ष निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार उर्गेन बम्जन सुर्योदय ९५ को वडाध्यक्ष निर्वाचित भएका हुन् । उनले ७ सय ५१ मत ल्याएका छन् ।

नेकपा एकिकृत समाजवादीका अनिल लिम्बुले ६ सय ६९ मत ल्याए । लिम्बुको उमेर पनि २७ वर्ष रहेको छ । नेकपा एमालेका उम्मेदवार नारायण चम्लागाईले ६ सय ४४ मत ल्याएका छन् ।

सुरुका पाँचवटा वडाको गणना हुँदासम्म कांग्रेसले तीन तथा एकिकृत समाजवादी र नेकपा एमलाले एकएक वडाध्यक्ष जितेका छन् ।

नगरपालिका प्रमुखमा एकिकृत समाजवादीका रनबहादुर राई ४ हजार ८ सय ८९ मतसहित अगाडि छन् । एमालेका काजीमान कागतेले ४ हजार ३२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार १६:३४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।