Logo

प्रमुख समाचार

अर्घाखाँचीको मलारानीमा गठबन्धनलाई हराउँदै एमाले विजयी



अर्घाखाँची । अर्घाखाँचीको मालारानीमा सत्तारुढ पाँच दलीय गठबन्धनलाई हराउँदै नेकपा (एमाले) विजयी भएको छ ।

गाउँपालिका अधयक्षमा दबहादुर भट्टराई र उपाध्यक्षमा दीपा पोखरेल गठबन्धनलाई फराकिलो मततान्तरले पराजित गर्दै विजयी भएका छन् ।

भट्टराईले ८ हजार २ सय ८३ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादीका उम्मेदवार पदम क्षेत्रीले ६ हजार ७ सय २६ मत ल्याए ।

त्यस्तै, उपाध्यक्षमा पोखरेल ८ हजार १ सय ५५ मतले विजयी हुँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार शोभाखर खनालले ६ हजार ६ सय ५७ मत ल्याएर पराजित भइन् ।

त्यस्तै, एमाले मालारानीका नौ वडामध्ये सात वडामा विजयी हुँदा दुई वडामा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्र निर्वाचित भएको छ ।

मालारानीका ९ वडामध्ये वडा नं १, ३, ४, ५, ६, ७ र ८ मा एमाले विजयी भएको छ भने वडा नं २ र ९ मा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार  ६ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।