Logo

प्रदेश न. १

कोरोना सङ्क्रणबाट ३४ वर्षीय पुरुषको निधन



धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा थप एक  पुरुषको कोरोना सङ्क्रणबाट आज विहान मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय  पुरुष रहेका प्रतिष्ठानका प्रवक्ता डा आशिस श्रेष्ठले जानकारी दिनु भयो ।

मधुमेह तथा क्षयरोगबाट पीडित ती पुरुषलाई श्वास प्रश्वासमा समस्या आएपछि गत असोज १२ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन उहाँको स्वाब परीक्षण गर्दा  कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या ४२  पुगेको छ । 

हालसम्म धरानमा १० जनाको कोरोनाबाट निधन भएको धरान उपमहानगरपालिको स्वास्थ्य महाशाखाले जनाएको छ । सोमबार विहान प्रतिष्ठानमा तेह्रथुम र धरानका थप २ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।

प्रकाशित : २० आश्विन २०७७, मंगलबार