सप्तरी : राजबिराज नगरपालिका-९ ज्वलरीस्थित एबीआई इँटाभट्टामा काम गर्ने दाङ नारायणपुर नगरपालिका-१४ बस्ने यामलाल बिककी छोरी १० वर्षीया निरु बिकको रुखबाट लडेर शनिबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित जामुनको रुखमा चढी जामुन टिप्ने क्रममा लडेर गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरी : सल्यान कपुरकोट गाउँपालिका-३ रिम बस्ने यज्ञ बोहराको छोरा ११ वर्षीय आयुश बोहराको भीरबाट लडेर शनिबार दिउँसो मृत्यु भएको छ । घर नजिकै रहेको कपिचौर जङगलमा साथीहरूसँग गोठालो गएको अवस्थामा भिरबाट करिब २ सय मिटर तल लडेर गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि तुलसीपुर दाङतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
सर्लाही : कौडेना गाउँपालिका-७ बस्ने २८ वर्षीय बीरेन्द्र रायको भर्या ङबाट लडेर शनिबार दिउँसो मृत्यु भएको छ । भर्यामङबाट लडेर गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल मलंगवा सर्लाहीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया