Logo

अर्थ

शेयर बजार साढे २३ अङ्कले घट्यो

१ अर्ब ३० करोड रुपैयाँको कारोबार



काठमाडौं । शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ५१ अङ्कले घटेर दुई हजार २ सय ५० दशमलव ९१ विन्दुमा झरेको छ । 

आज म्युचुल फन्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । दुई सय १९ वटा कम्पनीका ३७ लाख ९८ हजार कित्ता शेयर एक अर्ब ३० करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर शेयर १२ करोड ८१ लाख रुपैँयामा किनबेच भएको छ । 

आज सबैभन्दा धेरै लुम्बिनी जनरल इन्सुरेन्सको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि जनरल इन्सुरेन्सको शेयर भने साढे ७ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : जेष्ठ ५, २०७९ बिहीबार  ४ : १४ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।