इजरायलमा बेन्जामिन नेतान्याहुको १२ वर्षे शासनकाल अन्त्य भएको छ।
संसदमा भएकाे मतदानमा विपक्षी गठबन्धनका नाफ्ताली बेनेट प्रधानमन्त्रीमा चुनिएका छन्। पूर्वरक्षा मन्त्री बेनेट पहिलो दुई वर्षका लागि प्रधानमन्त्री बनेका हुन्। उनले प्रधानमन्त्री पदकाे शपथ पनि लिएका छन्।
बिबिसीका अनुसार विपक्षी गठबन्धनबाट प्रधानमन्त्री चुनिएका बेनेटलाई ६० प्रतिनिधिकाे समर्थन रह्याे भने नेतन्याहूले ५९ प्रतिनिधिकाे मात्र साथ पाए।
नेतन्याहू अब दक्षिण पन्थी लिकुड पार्टीका प्रमुख र इजराइली संसदमा नेता रहनेछन्। उनी इजरायलमा सबैभन्दा लामाे समयसम्म प्रधानमन्त्रीकाे कुर्सीमा रहे। नेतन्याहू पाँच पटक प्रधानमन्त्री बनेका थिए।
उनीमाथि सन् २००९ देखि भ्रष्टाचारको आरोप लाग्दै आएको छ।
प्रतिक्रिया