काठमाडौँ । प्रतिनिधि सभाको बैठक शुक्रबार पनि जारी छ । मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनको शुक्रबार चौथो बैठक बसिरहेको छ । प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०७९÷८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।
बुधबारबाट सुरु भएको सो छलफल शुक्रबार पनि चलेको हो । सांसदहरुले धारणा राख्ने क्रम सकिएपछि अर्थमन्त्री जनार्दन शर्माले छलफलका क्रममा उठेका प्रश्नको जवाफल आजै दिने कार्यसूची छ । बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई बैठकमा सहभागी हुन निर्देशन दिएका थिए । शुक्रबारको जारी बैठकमा मन्त्री शर्मा सहभागी छन् ।
प्रतिक्रिया