Logo

देशभर बदली : प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाकाे सम्भावना



मंगलबार देशका धेरै स्थानमा पानी पर्ने भएकाे छ। मनसुनी वायुका कारण देशभर बदली रहेकाे छ। दिउँसाे प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।

 

महाशाखाका अनुसार राति पनि देशका धेरै ठाउँमा पानी पर्नेछ।गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा हुनेछ।

बुधबार देशका केही  स्थानमा पानी पर्नेछ। त्यसमा पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनेछ।

बिहीबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाकाे आँकलन गरिएकाे छ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार ०६:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।