Logo

प्रमुख समाचार

लौरोले गरेको खबरदारीको इतिहास



स्थानीय चुनावमा स्वतन्त्रको माहोल छाउँदै थियो । ठूला भनिएका दलले स्वतन्त्रलाई पानीको लेउजति पनि गनेका थिएनन् । आफ्नो मनोमानी ढुक्क भएका नेतालाई नानीमैया दाहालको इतिहास सम्झेर पनि बिर्सेका थिए । ठूला दलले जनतालाई सोच्ने कवि भूपिको “म केवल एक भोट हुँ” मात्र थियो । आफ्नो घरदैलो कार्यक्रम बढ्दै थियो । यता स्वतन्त्रले आफ्नो चुनावचिन्ह पाइसकेका थिएनन् । तर उनीहरु पनि भित्री रुपमा लागि नै परेका थिए ।

चुनावचिन्ह पाएपछि स्वतन्त्र पनि खुलेरै मत मागनतिर लागे । आफ्नो एजेण्डा सुनाउनतिर लागे ।
कामपाले स्वतन्त्रको लागी लौरो मतचिन्ह दियो, धरान उपमहानगरको स्वतन्त्रले पनि लौरो नै पाए । लौरो दिएर पनि पछि खोस्न खोजियो पोखरामा तर पछि स्वतन्त्र उम्मेदवार गणेश पौडेललाई नै दिइएको थियो ।

देश एकाएक लौरोमय भयो । कामपाको स्वतन्त्र उम्मेदवार बालेनले आफूले पाएको चुनावचिन्ह लौरालाई सार्वजनिक गदै“बूढाबूढीलाई टेकाउने, भ्रष्टलाई सेकाउने” नारा पनि बाहिर ल्याए त्यसपछि लौरोको चर्चा एकाएक बढ्यो । लौरोको चर्चा एकाएक ह्वात्तै बढेको पनि होइन । लौरोको इतिहास नेपालमा लामो नै छ । आज हामी त्यही लौरोको चर्चा गर्नेछौँ ।

शुक्रराज जोशीको लौरो, दशरथ चन्द ठाकुरको अटेरी लौरोले जहानियाँ राणा शासन विरुद्ध अटेरी गरेको थियो । त्यो लौरो खुकुरी र तरबारविरुद्ध लडेको थियो । यी अगुवाहरूको लौरो अत्याचार विरुद्ध खम्बाझैँ अडिग रह्यो । व्यवस्था हल्का बदलियो । जनताको खेतबारीमा अन्न खाने राँगोलाई यो लौरोले धपाएर प्रजातन्त्रको गोठमा बाँधेर राख्न सफल भयो । तर, एउटा राँगो बल्ल नियन्त्रण गरेको केही समयभित्रै अर्को जहानियाँ राज शाही शासनको मत्ता हात्ती मैमत्त भएर डुल्न थाल्यो । त्यो मत्ता हात्तीको सामन्ति संरक्षणमा अरू छावाहरूको मण्डल नै खडा भयो जसले एकात्मक राज्य लादेर दसकौँ स्वतन्त्रता र समृद्धिका रंगीविरंगी फूल फक्रिन दिएन ।

गणेशमानको अटेरी लौरो, कृष्ण प्रसादको अटेरी लौरो अनि मनमोहनको अटेरी लौरोले निरंकुश तानाशाहीविरुद्ध अडिग रही रैतीलाई प्रजासम्म बनायो । व्यवस्था आधा मात्रै बदलियो किनकि वास्तविक लौरो (राजदण्ड) र बन्दुक (सेना) राजाको हातमा थियो । व्यवस्था अल्लि फराकिलो हुँदै थियो । तर, सीमान्तकृत वर्ग, महिला इत्यादिमाथि दमन र विभेद कायम नै रह्यो । यसै बीच सब रूढिवादी पुरातन सोचको प्रतीक राजतन्त्रको हात्ती फेरि अनियन्त्रित भयो । यो हात्तीका माउतेहरूसँग पनि लौरो र बन्दुक थिए ।

अहिले लौरोको चर्चा काठमाडौँ र धरानमा व्यापक रुपमा रहेको छ । धरानमा लौरो चुनावचिन्ह लिएर उठेका हर्क साम्पाङको जित भइसकेको छ भने यता काठमाडौँमा बालेन जितको नजिक पुगेका छन् । दलको दादागिरी लामो समयसम्म टिक्दैन । दिक्क बनेका जनताले विकल्प प्रयोग गर्छन् भन्ने कुरा मै हुँ भन्ने दलले बुझ्न आवश्यक रहेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आईतवार १३:४२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।