Logo

सामाजिक संजाल प्रयोग गरी रकम ठगी गरेको अभियोगमा पक्राउ



सामाजिक संजाल फेसबुकको प्रयोग गरि रकम ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-७ गुर्जुधारा बस्ने रुपन्देही सैनामैना नगरपालिका-११ सालझण्डी घर भएकी ३१ वर्षीया सिता भुषाललाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल फेसबुकमा Dr.james sonar र James andy नामबाट साथी बनाई विवाह गर्छु सुनको सिक्री, आईफोन र २० हजार डलर गिफ्ट पठाएको छु भनि प्रलोभनमा पारी लाखौं रकम ठगी गर्ने कार्यमा संलग्न रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : आश्विन २०, २०७७ मंगलबार  २ : ०२ बजे