Logo

प्रमुख समाचार

देशमा राजा नै हुन ‘विकल्प’



नेपाल अधिराज्य श्री ५ बडामहराजधिराज पृथ्वीनारायण शाहले १८२५ असोज १३ मा स्थापित गरेका थिए । गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले, नेपालको एकीकरणको क्रममा काठमाडौँ, पाटन, र भक्तपुरमा विजयी हाँसिल गर्दै उक्त राज्यहरूलाई आफ्नो राज्यमा गाभेका थिए । नेपाल अधिराज्य विधिवत एक निरपेक्ष राजतन्त्रात्मक राज्य थियो । तथापि, १९०३ देखि सम्म सात सालको क्रान्ति, सम्म देश जहानीया राणा शासनको नियन्त्रणमा रहेको थियो । ४६ सालको जनआन्दोलन पछि देशमा नयाँ संविधान लागू गरिएको थियो र देश संवैधानिक राजतन्त्रात्मक राष्ट्रमा परिणत भएको थियो ।

२०५२ फागुन १ मा नेपाली कम्युनिष्ट पार्टी (माओवादी) द्वारा नेपाली गृहयुद्धको सुरुवात भएको थियो जसको उद्देश भनेको राज्यलाई परास्त गर्ने र “जनगणतन्त्र“को स्थापना गर्नु थियो । २०६१ माघ १९ मा गृहयुद्धमा सुरक्षाको स्थिति बिग्रिएपछि राजा ज्ञानेन्द्रले आपतकालिन अवस्थाको घोषणा गरेका थिए जस पश्चात् राजाले संविधानलाई स्थगित गर्दै देशमाथि प्रत्यक्ष नियन्त्रण लिन थालेका थिए । २०६३ वैशाख ११ मा, नेपालको जनआन्दोलन २०६३ पश्चात्, राजा पूर्ण शक्ति त्याग गर्न र विघटित प्रतिनिधि सभा पुनःस्थापित गर्न सहमत भएका थिए ।२०६३ मङ्सिर ५ मा, विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरिएसँगै जनयुद्ध समाप्त भएको थियो । २०६३ माघ १ मा, राजालाई नवगठित अन्तरिम विधायिकाले आफ्नो कर्तव्य प्रयोग गर्नबाट निलम्बित गरेको थियो । अन्ततः २०६५ जेठ १५ राजालाई पहिलो संविधानसभाले औपचारिक रूपमा खारेज गरेको थियो र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको थियो ।

नेपाल कसरी रहन गयो ? के छ इतिहास ?

एसियाका ठूला देशहरू चीन र भारतको बीचमा हिमालयको काखमा बसेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक छ । नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहिरह्यो । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ । करीब १३ करोड वर्ष अगाडि बनेका यहाँका पर्वत शृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ । पश्चिम नेपालको बुटवलक्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास शुरू भइसकेको तथ्य स्पष्ट हुन्छ । नेपाल नामको पहिलो उल्लेख अथर्वपरिशिष्टमा गरिएको पाइन्छ । अथर्वपरिशिष्टको समय निश्चित गर्न नसकिए तापनि इसापूर्व ५००–६०० को बीचमा यसको निर्माण भएको मानिन्छ । यसमा नेपाललाई कामरू, विदेह उदुम्बर, अवन्ती र कैकय देशहरूसँगै राखी चर्चा गरिएको छ । मूल सर्वास्तिवाद, विनयवस्तु नामको बौद्ध ग्रन्थमा पनि नेपालबारे चर्चा गरिएको छ । यसमा भगवान बुद्धको समयमै उनका चेलाहरू व्यापारीहरूका साथ नेपाल पसेको घटना उल्लेख गरिएको छ । महाभारत वनपर्वमा नेपाललाई विषय (देश) को रूपमा वर्णन गरिएको छ । जैन ग्रन्थ आवश्यक सूत्र तथा कौटल्यको अर्थशास्त्र (ई.पू. चौथो शताब्दी) ले पनि नेपालको बारेमा उल्लेख गरेका छन्।त्यस्तै भारतीय गुप्त सम्राट समुद्रगुप्तले आफ्नो इलाहाबाद अभिलेखमा आसाम र किर्तिपुर (कुमाउँ) नेपालको उल्लेख छिमेकी राज्य को रूपमा गरेका छन् भने त्यसपछिका प्रायः सबै स्श्रोतहरूले नेपालको उल्लेख स्वतन्त्र राज्यको रूपमा नै गरेका छन् । नेपालका शिलालेखहरूमा भने वि.सं. ५२२ पछि पाइएका अभिलेखमा नेपाल शब्दको उल्लेख भएको छ । यसरी यो मुलुक अत्यन्तै प्राचीन समयदेखि नै नेपाल नामबाट परिचित रहेको स्पष्ट हुन्छ । नेपाललाई सत्य युगमा सत्यवती, त्रेता युगमा तपोवन र द्वापर युगमा मुक्तिसोपान भनिन्थ्यो र कलि युगमा नेपाल भन्ने गरिएको कुरा हाम्रा पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।

हाम्रो देश नेपालको नामकरण कसरी भयो भन्ने बारेमा नेपाल शब्द सबैभन्दा पहिला अथर्ववेदमा उल्लेख गरिएको पाइन्छ। यसअनुसार नेपाल हिमालको काखमा भएको कारणबाट नेपाल नामको उत्पत्ति संस्कृत शब्द ’निपालयबाट भएको हुन सक्छ, जसको अर्थ “पहाडको आधार (खुट्टा) “ अथवा “खुट्टामा निवास“ हो । यसका साथै तलका कथनहरू पनि सुन्नमा आउने गर्दछन्ः

१.नेपाल शब्द तिब्बती भाषा नियमपालबाट आएको हो, यसको अर्थ हो “पवित्र भूमी” हुन्छ ।
२.धेरै लामो समय पहिला नेपाल धेरै मात्रामा ऊनको उत्पादन गरिन्थ्यो र ऊन राख्नलाई तिरपालको घरको प्रयोग गरिन्थ्यो । यहाँ ने जसको अर्थ हो ऊन र पाल जसको अर्थ हो तिरपाल भएकोले यसै शब्दबाट नेपाल नाम रहन गएको हुन सक्छ ।
३.ने नाम गरेका ऋषीले संरक्षण दिएका कारण ने र पाल(संरक्षण गर्नु) भन्ने शब्द मिली नेपाल बनेको हुन सक्छ ।

त्यसैगरी देशमा राजाको इतिहास दुई सयभन्दा लामो रहेको छ । देशमा राजा किन चाहिन्छ भन्ने विषयमा डा. रामबहादुर बोहोरा भन्छन्, जनताले परिवर्तन चाहेका थिए । परिवर्तन त भयो तर देशमा समाप्त पारेका उद्योग कलकारखानाको भएन । हरेक परिवर्तनको पछाडि नागरिकको हितमा पनि ध्यान जान जरूरी छ । आज हामीले १७ हजारको वलिदानबाट प्राप्त लोकतन्त्रको मर्मलाई नबुझ्दा पुन परिवर्तन जनताले चाहन थाले । अब हात थापेर विकास सम्भव छैन विकासमा सबैको ध्यान पुग्न आवश्यक छ ।

आज युवा पलायन भएका छन् । देशमा सत्ता साझेदारी छ तर देशमा उद्योग कलकारखाना भए युवा बेरोजगार रहने थिएनन् तर यता ध्यान कसैको पुग्न सकेन । युवा–युवती वेरोजगार बन्ने लहर घट्ने होइन बढ्दै गयो । युवा–युवतीहरू विदेशमा लुटिन गला रेटिन बाध्य भएका देखिए यो नितान्त गलत थियो । युवालाई १५ लाख विना धितो वा व्याजमा ऋण दिएर युवा बेरोजगार समाप्त कदापि हुनेवाला छैन । बरू बाउ–बाजेले आर्जेको सम्पत्ति नै लिलाम हुन सक्छ । यसको उदाहरण धेरै दिन सकिन्छ । आज परिवर्तनको नाममा युवालाई पैसा दिएर ठोस् उपलब्धि हुने छैन बरू यसले अर्को समस्या निम्तने खतरा बढ्नेछ ।

नेपालका राजनीति दल जसरी च्याउ उम्रेजस्तै उम्रदैछन् । यसले देशको विकास त होइन अशान्ति निम्ताउने खतरा भने बढ्ने देखिन्छ । हरेकले देशको विकासमा जोड दिन नसकेको देखिन्छ । यहाँ पारदर्शी नेताको अभाव महसुस हुदैछ ।

हिजो राजाका पालामा यिनै जनताले दिएका करबाट देशमा उद्योग खुलेका थिए तर अहिले उठेको कर राजनीति भरण–पोषणमा समाप्त पारिदैछ । देशको विकास यसरी के सम्भव छ । आज देशमा बेरोजगार दिन प्रतिदिन बढ्दैछ । यो सिलसिला नरोकिने झन बढ्दै जाने देखिन्छ ।

नेपाली जनता राजनीतिका खेतला बन्दै गए यहाँ जनता छैनन् । यहाँ विकासको कुरा निकाल्दा कता पार्टीले कार्वाही गर्ने पो हुनकी भन्ने डरले जनताले विकासको आवाज निकाल्न सकि रहेका छैनन् । यस्तो पाराले देशमा परिवर्तन सम्भव छैन ।

आज मिडियामा जुन किसिमले आवाज आएको छ । राजा आउ देश बचाउ भन्नुको पछाडि उद्योग कलकारखाना बेरोजगारको अन्त जस्ता विषयमा बढी चासो दिएको पाइन्थियो । नेपाली कामदारको अभावमा बंगलादेशी नागरिकलाई काममा लगाएको पाइन्थ्यो । तर अहिले नेपाली कामको तलासमा भड्किरहेको अवस्था छर्लंग छ ।

सायद यही कारणले राजा आउ देश बचाउ भन्दै सडक तताउन लागेको सहज अनुमान लगाउन सकिन्छ । अब जनता राजनीति दलको पछि होइन जसले बन्द उद्योग खोल्छ जसले देशमा बेरोजगारको अन्त गर्ने काम गर्छ उसको पछि लाग्नु नै ठोस् उपलब्धि हुने कुरा वर्तमान अवस्थाले देखाएको छ । यसमा राजा नै चाहिन्छ भन्ने होइन तर विकल्पको रुपमा राजा नै आउनुपर्ने भएको छ ।

प्रकाशित मिति : जेष्ठ ९, २०७९ सोमबार  ११ : ५८ बजे