Logo

अर्थ

देशैभर इन्धन अभाव, धेरै पम्प बन्द भएपछि खुलेका पम्पहरुमा सवारी साधनको लाइन



काठमाडौं । नेपाल आयल निगमले इन्धन बिक्री कटौती गरेपछि देशैभर इन्धन अभाव देखिएको छ । काठमाडौं उपत्यकाका कयौं पम्पहरुले डिजेल पेट्राल नभएको सूचना टाँसेका छन भने खुलेका पम्पहरुमा पनि बाक्लो भीड देखिएको छ । निगमले आइतबार राति सबैखाले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो ।

सरकारलाई अप्ठ्यारोमा पार्न पम्पहरुमा हुने भुक्तानी कटौती गरेका कारण देशैभर पम्पहरुको बिक्री प्रभावित भएको पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले जनाएको छ । सोमबार बिहानैदेखि देशैभरका पम्पहरुमा इन्धनको अभाव देखिएको एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए । ‘धेरै पम्प बन्द भएपछि खुलेका पम्पहरुमा लाइन लागेका छ, पम्पहरुमा लाइन लगाएर निगम नेतृत्व सरकारलाई दबाव दिन चाहान्छ’ प्रधानले भने ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार १२:५६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।