काठमाडौँ । काठमाडौँमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन भएको छ । त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल क्रान्तिकारिको आयोजनामा मूल्य वृद्धिविरुद्ध प्रदर्शन भएको हो ।
त्रिपुरेश्वरबाट पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरुद्धमा र्यालीसहित आयल निगम केन्द्रीय कार्यालयमा पुगेर धर्ना दिइएको हो । सरकारले आइतबार रातिबाट लागु हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर १०÷१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २०० रुपैयाँले मूल्य बढाएको छ ।






























प्रतिक्रिया