Logo

अर्थ

मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित, राष्ट्रपतिले संसद्मा आजै पेश गर्ने



काठमाडौँ । मन्त्रिपरिषद् बैठकले अगामी वर्ष ०७९/८० को नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार मन्त्रिपरिषद्ले पारित गरेको नीति तथा कार्यक्रम आज अपरान्ह ४ बजे बस्ने संसद् बैठकमा पेश हुने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रियस भाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने छिन् ।

जेठ १० गते अगामी वर्षको नीति तथा कार्यक्रम पेश गर्ने संवैधानिक व्यवस्था छ भने जेठ १५ गते बजेट आउँदैछ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १३:२५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।