Logo

अर्थ

मूल्यवृद्धिविरुद्ध प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता



काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको अस्वाभाविक मूल्यवृद्धि र त्यसले गर्दा बजार मूल्यमा परेको असरका कारण जनजीवन गम्भीर रूपमा प्रभावित भएको भन्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्तावक र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित एमालेका यज्ञराज सुनुवार र गणेश कुमार पहाडी समर्थक रहेर तत्काल संसद्मा छलफल गर्न माग गर्दै सो प्रस्ताव दर्ता भएको हो ।

मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै दर्ता भएको प्रस्तावमा खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मट्टितेल लगायतका पदार्थमा भइरहेको चुहावट, कमिसन र अत्यधिक करलाई न्यूनीकरण गर्न सरकारको प्रयासबारे जवाफ मागिएको छ ।

सरकारले गैर जिम्मेवारी प्रदर्शन गरेको र बमौसमी रूपमा आयल निगमको निजीकरण गर्न कुरा उठाएको भन्दै प्रस्तावमा यसबारे जवाफ मागिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १४:२५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।